अमेरिकी अनुसन्धान एजेन्सी एफबीआई (फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन)का निर्देशक क्रिस्टोफर रेले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुअघि नै आफ्नो पदबाट राजीनामा दिने बताएका छन्। ट्रम्पले राष्ट्रपतिको पद ग्रहण गर्नेबित्तिकै क्रिस्टोफर रेलाई पदबाट हटाउने संकेत गरेपछि क्रिस्टोफरले रेले बुधबार एफबीआईको आन्तरिक बैठकमा यस्तो घोषणा गरेका हुन्।
केही साताको विचारविमर्शपछि आफूले पदबाट राजीनामा दिने उनले बताए। ट्रम्पले यसअघि नै एफबीआईको नेतृत्वका लागि आफ्नो विश्वासपात्र काश पटेलको नाम घोषणा गरिसकेका छन्। काश पटेलले एफबीआईको शक्तिलाई ‘नाटकीय रूपमा’ सीमित गर्न आह्वान गरेका छन्।
क्रिस्टोफर रेलाई ट्रम्पले आफ्नो अन्तिम कार्यकाल २०१७ मा नियुक्त गरेका थिए। उनी १० वर्षका लागि नियुक्त भएका थिए। तर ट्रम्प राष्ट्रपति चुनाव हारेपछि एफबीआईले ट्रम्पविरुद्ध अनुसन्धान शुरू गरेको थियो। यसका लागि रेले रिपब्लिकनहरूको आलोचनाको सामना गर्नुपरेको थियो।
















प्रतिकृया