सोमबार रूपन्देहीको देवदहमा चुनावी कार्यक्रम र भेटघाटका क्रममा सभापति लामिछानेले आफूहरू देश निर्माणका लागि अघि बढेको बताए। उनले यसपटक जनताको चेतना र विवेक कसैले चुनौती दिन नसक्ने बताए र जनताले इतिहास लेख्ने समय आएको बताए। लामिछानेका अनुसार, “इतिहास लेख्न हामीले साधन र स्रोत तपाईँको हातमा थपाइदिएका छौं, फागुन २१ गते आफ्नो इतिहास आफैंले लेख्ने हो।” उनले थपे, “जनताको चाहनाअनुसार नयाँ साथीहरू एक ठाउँमा भएर आएका छौं। भागबन्डा गरेर होइन, देश, पार्टी र चुनाव चिन्ह एउटै भएर आएकाले ५ वर्ष बहुमतको सरकार चाहिन्छ।”
सभापति लामिछानेले आफूहरूले घोषणापत्रमा होइन, काममा विश्वास गर्ने बताएका छन् र विगतका अन्य दलले गर्न नसकेका काम आफूहरूले पूरा गर्ने बताए। देवदहबाट सुरु भएको जिल्ला स्तरीय अभियान साँझ लुम्बिनी पुगेर समापन हुने छ र लामिछाने कपिलवस्तु जिल्ला प्रवेश गर्ने रास्वपाले जनाएको छ। लामिछाने सोमबार दिनभर रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा पुग्ने छन्। कार्यक्रममा बाटोमा पर्ने २६ स्थानमा सम्बोधन गर्न समय नपुग्ने भएकाले केहीबेर रोकिएर सभापति लामिछानेले हात हल्लाएर बिदा हुने कार्यक्रम रहेको छ।




















प्रतिकृया