नेपाल प्रहरीको नक्कली फेसबुक पेज बनाएर जेनजी आन्दोलनमा विद्यार्थीलाई विद्यालय पोसाकमै प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको तथ्य सार्वजनिक भएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा नक्कली फेसबुक पेजमार्फत प्रहरी विद्यालय पोसाकमा आएका विद्यार्थीमाथि बल प्रयोग गर्न नसक्ने सन्देश फैलाइएको उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार सामाजिक सञ्जालमा भ्रमपूर्ण सामग्री फैलाएर योजनाबद्ध रूपमा विद्यार्थीलाई प्रदर्शनमा उतार्ने प्रयास गरिएको देखिएको छ।
‘नेपाल प्रहरीको सो नक्कली फेसबुक पेजले प्रदर्शनकारीहरूमा भ्रम पूर्ण सामग्री सामाजिक सञ्जालमा प्रसारित गरी योजनाबद्धरूपमा विद्यार्थीलाई प्रदर्शनमा सहभागी गराई मानव ढाल बनाउन खोजेको देखिएको र सो घटनापश्चात् प्रदर्शनपूर्व प्रयोग भएका सामाजिक सञ्जाल खाताहरू निष्क्रिय बनाएको देखिएको भन्ने सुरक्षाकर्मीहरुको बयान व्यहोराबाट खुल्न आई माथि लेखिएको तथ्य स्थापित भएको पाइन्छ,’ प्रतिवेदनमा भनिएको छ।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया