चालु आवमा निर्यात बढ्यो, ८८ अर्बको वस्तु विदेश पठाइयो

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १५ गते
चालु आवमा निर्यात बढ्यो, ८८ अर्बको वस्तु विदेश पठाइयो

चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ८८ अर्ब २२ करोड बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

गत आवको सोही अवधिमा रु ८३ अर्ब २५ करोड बराबरका वस्तु तथा सेवा निर्यात भएका वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले राससलाई जानकारी दिए ।

चालु आवको १० महिनामा रु ४८ अर्ब ११ करोड बराबरको भटमासको प्रशोधित तेल, रु पाँच अर्ब ३५ करोडको  प्रशोधित सूर्यमुखी तेल तथा रु छ अर्ब ४२ करोड बराबरको फलफूलको रस निर्यात भएको छ ।

यसैगरी, रु तीन अर्ब तीन करोडका कपडा तथा रु दुई अर्ब २५ करोड बराबरको ‘सिन्थेटिक यार्न’  निर्यात भएको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स