इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले आफ्नो सञ्चालक समितिमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र संचालकको रूपमा नियुक्त गरेको छ।
क्षेत्री बैंक तथा वित्तीय क्षेत्रका कुशल र अनुभवी व्यक्तित्व हुन्। उनले सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड बैंक) बाट आफ्नो करियर सुरु गरेका थिए। त्यसपछि नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, बैंक अफ एसिया लगायतका बैंकहरूमा वरिष्ठ पद सम्हालेका छन्। उनले जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि निर्वाह गरेका थिए। क्षेत्री सन् २०२० मा ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश लिएका हुन्।





















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)
प्रतिकृया