काठमाडौंमा बीवाईडीका नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले बीवाईडी हाई–टेक विक २०२५ को शुभारम्भ गरेको छ। प्रदर्शनीमा बीवाईडीका अत्याधुनिक विद्युतीय गाडीहरूYangwang U8, FCB Bao 5, Denza Z9GT, Denza D9 र BYD Shark 6, प्रदर्शित गरिएका छन्।
यस कार्यक्रममा चिनियाँ दूतावासका प्रतिनिधिहरू, बीवाईडी एसिया प्यासिफिकका अधिकारीहरू, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, सञ्चारकर्मी र अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।
बीवाईडी हाई–टेक विक २०२५ काठमाडौंको बानेश्वोरस्थित एभरेस्ट होटेलमा आयोजना भइरहेको छ, जुन २ मार्च २०२५ सम्म चल्नेछ। कार्यक्रम दैनिक तीन चरणमा आयोजना हुनेछ:
पहिलो चरण: ११:०० बजे देखि १२:३० बजे सम्म
दोस्रो चरण: १:३० बजे देखि ३:०० बजे सम्म
तेस्रो चरण: ४:०० बजे देखि ५:३० बजे सम्म
प्रत्येक दिन तीन फरक समय चरणमा दर्शकहरूले प्रदर्शनी अवलोकन गर्न सक्नेछन्। इच्छुक दर्शकहरूले ई-सेवा मार्फत टिकट लिन सक्नेछन्, र विद्यार्थीहरूले परिचयपत्रका आधारमा निःशुल्क प्रवेश प्राप्त गर्न सक्नेछन्।
साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले बीवाईडीले नेपालमा अत्याधुनिक प्रविधिहरू भित्र्याउँदै लगेको बताए। उनले सुरक्षित, स्मार्ट र दिगो यातायातको प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताए।



प्रतिकृया