बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार ५० अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको छ। हाल अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल झरेको र तरलता अत्यधिक भएकाले राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो।
निक्षेप बढे पनि कर्जा माग सुस्त भएकाले बैंकमा तरलता थुप्रिएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलमा सहभागी हुन आह्वान गरेको छ, जसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाले भाग लिन सक्नेछन्। यो निक्षेप संकलन उपकरण अन्य बैंकमा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था छ।



















प्रतिकृया