बैंकिङ प्रणालीमा अत्यधिक तरलता, राष्ट्र बैंकले आज फेरि ३० अर्ब रुपैयाँ तान्दै
नेपाल राष्ट्र बैंकले असार १५ गते बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न फेरि ३० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत खिच्ने निर्णय गरेको छ।
यस अन्तर्गत, ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि ५ करोड रुपैयाँका भागमा विभाजन गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरमा गरिनेछ र बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न पाइने व्यवस्था छ।
राष्ट्र बैंकले भदौ १५ गते निक्षेप र ब्याज भुक्तानी गर्नेछ।
पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता बढी भएसँगै बैंक तथा वित्तीय संस्थाहरूले करिब ३ प्रतिशतको हाराहारीमा केन्द्रीय बैंकलाई पैसा निक्षेप गर्न बाध्य भएका छन्।