नेपाल राष्ट्र बैंकले असार १५ गते बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न फेरि ३० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत खिच्ने निर्णय गरेको छ।
यस अन्तर्गत, ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि ५ करोड रुपैयाँका भागमा विभाजन गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरमा गरिनेछ र बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न पाइने व्यवस्था छ।
राष्ट्र बैंकले भदौ १५ गते निक्षेप र ब्याज भुक्तानी गर्नेछ।
पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता बढी भएसँगै बैंक तथा वित्तीय संस्थाहरूले करिब ३ प्रतिशतको हाराहारीमा केन्द्रीय बैंकलाई पैसा निक्षेप गर्न बाध्य भएका छन्।













![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया