बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार बजारबाट पैसा तानिरहेको छ। यसै क्रममा केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट आज वैशाख २३ गते २० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। यसका लागि दिउँसो ३ बजे बोलकबोल हुनेछ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड रुपैयाँ र त्यसपछि ५ करोडको गुणकमा निःशेष भाग जाने गरी अधिकतम आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने बहुब्याजदरमा पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यो प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। ४४ दिन अवधिको यो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज असार ५ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
हाल कर्जाको माग कमजोर भएकाले बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहेको छ। परिणामस्वरूप बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशतको न्यून ब्याजदरमै केन्द्रीय बैंकमा पैसा राख्न बाध्य भइरहेका छन्।



















प्रतिकृया