सेवा भावको उदाहरण: अर्थमन्त्री खनालले तलब, मन्त्रि क्वाटर र गाडी नलिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ३० गते
सेवा भावको उदाहरण: अर्थमन्त्री खनालले तलब, मन्त्रि क्वाटर र गाडी नलिने

पूर्वअर्थसचिव रामेश्वर खनालले प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषद्मा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन्। उनले मन्त्री पदसँगै आउने तलब, गाडी, क्वार्टर तथा पिएसओजस्ता कुनै सुविधा नलिने स्पष्ट पारेका छन्।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको आर्थिक सल्लाहकार हुँदा पनि उनले कुनै सुविधा नलिई काम गरेका थिए।

हालै उनले उच्चस्तरीय आर्थिक सुधार आयोगको अध्यक्षका रूपमा ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएर आर्थिक कमजोरी र समाधानबारे ठोस सुझाव दिएका थिए।


Discover more from BAJARKO CHIRFAR

Subscribe to get the latest posts sent to your email.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स