रवि लामिछानेलाई झूटा मुद्दामा फसाउने सरकारको नियत सबैले बुझिसके, यसको मूल्य तिर्नुपर्नेछ: डीपी अर्याल



Advertisement
Ads

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको रवैयालाई संसदले समर्थन गरेको आशंका व्यक्त गरे।


Advertisement

उनले भने, “सरकारले प्रतिशोध साधेको हो, र अब संसदले पनि त्यसलाई समर्थन गरेको हो कि भन्ने महसुस भएको छ। चौथो ठूलो दलको सभापतिमाथि सरकारको यो प्रतिशोधको मूल्य सरकारले चुकाउनुपर्नेछ। झूटा मुद्दा लगाएर फसाउने सरकारको नियत सबैले बुझिसकेका छन्।”

अर्यालले प्रतिनिधिसभाको नियमावलीअनुसार थुनामा नरहेका बेला सांसद पद निलम्बन नहुने प्रावधानको पालना गर्दै तुरुन्त सांसद पदको निलम्बन फुकुवा गर्न माग गरे।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर