लाभांश पारित गर्न एभरेष्ट बैंकको साधारण सभा आज बस्दै

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १२ गते
लाभांश पारित गर्न एभरेष्ट बैंकको साधारण सभा आज बस्दै
AdvertisementAds

एभरेष्ट बैंक लिमिटेडले आफ्नो ३१औँ वार्षिक साधारण सभा आज (कात्तिक १२ गते, बुधबार) आयोजना गर्दैछ। सभा काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभामा हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र सो बोनस सेयरमा लाग्ने करसहित १४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

यससँगै, प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति लगायतका अन्य एजेन्डामा समेत निर्णय हुनेछ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २४ गते बुकक्लोज गरेको थियो। त्यस अनुसार असोज २३ गतेसम्म नेप्सेमा कारोबार गरी नाम दर्ता गराएका सेयरधनीहरूलाई सभामा सहभागी भई लाभांश प्राप्त गर्ने अधिकार हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स