SHAREHUB SHAREHUB

एभरेष्ट बैंकको खराब कर्जा ०.७४ प्रतिशतमा सिमित, वितरणयोग्य मुनाफा दोब्बर

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २१ गते
Advertisement Ads
एभरेष्ट बैंकको खराब कर्जा ०.७४ प्रतिशतमा सिमित, वितरणयोग्य मुनाफा दोब्बर
Advertisement Ads

एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ४.५७ प्रतिशतले बढेर १ अर्ब १७ करोड लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १२.३८ प्रतिशतले बढेर २ अर्ब ४० करोड ३८ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा ४.५९ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ पुगेको छ।

बैंकले इम्पेयरमेन्ट चार्जका लागि ४२ करोड ३१ लाख रुपैयाँ छुट्टाएक छ भने खराब कर्जा अनुपात ०.४ प्रतिशतबिन्दुले घटेर ०.७४ प्रतिशतमा सिमित भएको छ।

Advertisement Ads

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म वितरणयोग्य मुनाफा २ अर्ब १५ करोड ३२ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकले ३ खर्ब १३ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २७ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ र रिजर्भमा १४ अर्ब ४१ करोड ८८ लाख रुपैयाँ सञ्चित रहेको छ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १.५९ रुपैयाँले बढेर ३६.४४ रुपैयाँ पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ २५५.६९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १७.५७ गुणा कायम रहेको छ।

EBL 1 https://bajarkochirfar.com/everest-banks-bad-loans-limited-to-0-74-percent-distributable-profit-doubled | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स