ऊर्जामन्त्री घिसिङले पदबाट दिए राजीनामा, कहाँबाट चुनाव लड्ने ?

ऊर्जामन्त्री घिसिङले पदबाट दिए राजीनामा, कहाँबाट चुनाव लड्ने ?

उर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार राति प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।

भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि गठन भएको नागरिक सरकारमा घिसिङ भदौ ३० गते मन्त्री नियुक्त भएका थिए। मन्त्री नियुक्त भएको चार महिना पनि नपुग्दै उनले पद त्यागेका हुन्।

प्रधानमन्त्री कार्कीले हालै बसेको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलमा आवद्ध मन्त्रीहरूलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी थिइन्। यसै सन्दर्भमा घिसिङको राजीनामा आएको हो। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपाध्यक्ष बनेको चर्चा चले पनि घिसिङले आफू कुनै दलको औपचारिक सदस्य नभएको दाबी गर्दै आएका थिए।

घिसिङ आगामी निर्वाचनमा रास्वपाबाट काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारीमा रहेको बताइन्छ। निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि नै राजीनामा दिने बताएका उनले पार्टीसँग एकीकरण प्रक्रिया अघि बढे पनि भागबन्डा टुंगो नलागेको अवस्था रहेको छ। घिसिङ निकट नेताहरूका अनुसार सम्मानजनक एकता नभए उनले पूर्व सचिव अनुप उपाध्यायको अध्यक्षतामा गठित उज्यालो नेपाल पार्टीबाट राजनीतिक यात्रा अघि बढाउन सक्ने सम्भावना पनि रहेको छ।

639034202914796372 e1767835140492 https://bajarkochirfar.com/energy-minister-ghisingh-resigns-from-his-post-where-will-he-contest-the-election | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स