निर्वाचन अपडेट : शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकार र सुरक्षाकर्मीलाई प्रचण्डले दिए धन्यवाद

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २१ गते
निर्वाचन अपडेट : शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकार र सुरक्षाकर्मीलाई प्रचण्डले दिए धन्यवाद

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै धन्यवाद व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सबै आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा निर्वाचन सम्पन्न भएको बताएका छन्। जटिल राजनीतिक परिस्थितिलाई सहज बनाउने उद्देश्यले गरिएको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उनको भनाइ छ।

प्रचण्डले नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्। मतदानमार्फत जनताले देखाएको सहभागिता र संयमले संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वास अझ बलियो बनेको उनले उल्लेख गरेका छन्।

आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।

642651948 1252468863690941 4030045344195473126 n https://bajarkochirfar.com/election-update-prachanda-thanks-government-and-security-personnel-for-conducting-peaceful-elections | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स