SHAREHUB SHAREHUB

सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ

Advertisement Ads
सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ
Advertisement Ads

ललितपुरको इमाडोलस्थित एक गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्।

प्रहरीका अनुसार बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२, इमाडोल बस्दै आएका भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनापछि पीडित महिलाले उक्त व्यक्तिको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले अनुसन्धान अघि बढाएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ।

हाल भट्टलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

735608241 914366548345574 4128448530994388377 n https://bajarkochirfar.com/education-officer-arrested-for-exposing-private-parts-to-women-in-public | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स