प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आइतबार सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार शिक्षामन्त्री सस्मित पोखरेलको परिवारसहित ७ ठाउँमा करिब साढे २० करोड रुपैयाँ बराबरको घरजग्गा रहेको छ। काठमाडौं, मोरङ र ललितपुरमा उनका घरजग्गा छन्।
उनले २५ तोला सुन र १०० तोला चाँदी रहेको पनि उल्लेख गरेका छन्। बैंक खातामा भने ४ लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको छ भने डलर खातामा ५ अमेरिकी डलर रहेको विवरणमा देखिन्छ।
शेयरतर्फ पनि परिवारसहित लगानी रहेको छ। उनका बुवा रमेश कुमार पोखरेललगायतले विभिन्न कम्पनीमा करिब ३० लाख रुपैयाँ बराबरको शेयर लगानी गरेका छन्। साथै राष्ट्रिय बचत पत्रमा समेत परिवारका सदस्यहरूको लगानी रहेको उल्लेख छ।
उनले आफू र आमाको नाममा गरी कुल ७५ लाख रुपैयाँ कर्जा रहेको बताएका छन्। हिमालयन बैंकमा २५ लाख र माछापुच्छ्रे बैंकमा ५० लाख रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख छ।
सम्पूर्ण विवरणअनुसार उनको कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रुपैयाँ रहेको छ भने ऋण कटाउँदा खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रुपैयाँ रहेको देखिएको छ।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया