इष्टर्न हाइड्रोपावर लिमिटेडको ५५ लाख ४१ हजार २९५ कित्ता सेयरको लकइन अवधि आउँदो कात्तिकमा सकिने भएको छ। कम्पनीका संस्थापकहरूको ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावितहरूको ५ लाख ६९ हजार ६९० कित्ता, र कर्मचारीहरूको ११ हजार ६०५ कित्ता सेयरको लकइन कात्तिक १६ गते सकिने छ।
कम्पनीले २०७९ कात्तिक १७ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको थियो र सो मितिबाट तीन वर्षसम्म यी सेयरहरू लकइनमा राख्नुपर्ने प्रावधानअनुसार हालसम्म रोक्का राखिएको थियो।
यद्यपि कम्पनीका सञ्चालक समितिका सदस्यहरू र उच्च तहका कर्मचारीहरूका सेयरहरू नियम अनुसार रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया