मंगलबार नेपालमा भूकम्पको धक्का, केन्द्रबिन्दु कहाँ ?
आज बिहान जाजरकोटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको छ, जसको केन्द्र जाजरकोटकै पैंक क्षेत्र रहेको थियो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ४:५३ बजे गएको हो।
यसअघि हिजो (सोमबार) राति पनि सोही क्षेत्रलाई केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। जाजरकोट क्षेत्रमा पछिल्ला दिनमा भूकम्पको गतिविधि लगातार देखिएको छ।
यसअघि पनि त्यहाँ ५.२ र ५.५ म्याग्निच्युडका भूकम्प गइसकेका छन्।