आज बिहानै भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु कहाँ ?

आज बिहानै भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु कहाँ ?
AdvertisementAds

मनाङमा आज (बिहीबार) बिहान ७:३७ बजे ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु मनाङको ङिस्याङ क्षेत्र रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

त्यसले कुनै क्षति पुगेको भन्ने सूचना अहिलेसम्म प्राप्त भएको छैन।

यसअघि, बुधबार बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प आएको थियो।

त्यस्तै, मंगलबार पनि बझाङलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको थियो। मंगलबार बिहान ११:०२ बजे ३.९ म्याग्नेच्युडको भूकम्प र साँझ ५:०८ बजे ४.३ म्याग्नेच्युडको भूकम्प मापिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स