SHAREHUBSHAREHUB

आफ्नाविरुद्धका सबै मुद्दा फिर्ता गर्न दुर्गा प्रसाईंको माग

AdvertisementAds
आफ्नाविरुद्धका सबै मुद्दा फिर्ता गर्न दुर्गा प्रसाईंको माग
AdvertisementAds

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूविरुद्ध दर्ता भएका सबै मुद्दा फिर्ता लिन सरकारसँग माग गरेका छन्।

बिहीबार प्रधानमन्त्रीसहितको उपस्थितिमा भएको वार्ताका क्रममा प्रसाईंले १५ चैतको घटनासँग सम्बन्धित मुद्दासहित अन्य सबै कानुनी कारबाही खारेज गर्नुपर्ने माग राखेका हुन्।

उनले आफूविरुद्ध दर्ता भएका सबै मुद्दा फिर्ता लिनुपर्ने माग गरेका छन्। साथै २४ भदौको घटनामा जेनजी समूहका व्यक्तिहरूलाई पक्राउ गरी चलाइएका मुद्दा पनि फिर्ता हुनुपर्ने कुरा उठाएका थिए।

त्यसैगरी प्रसाईंले सरकारसँग धेरै माग राख्नु भनेको जोगीसँग हात्ती मागेजस्तो हो भन्दै कसैलाई पनि कालोसूचीमा नराख्न सरकारलाई आग्रह गरेका छन्।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स