SHAREHUBSHAREHUB

मन्त्री बन्ने चर्चामा समेत आएकी डा. संगिता मिश्रसँग भ्रष्टाचार मुद्दामा अदालतले माग्यो ५ लाख धरौटी

AdvertisementAds
मन्त्री बन्ने चर्चामा समेत आएकी डा. संगिता मिश्रसँग भ्रष्टाचार मुद्दामा अदालतले माग्यो ५ लाख धरौटी
AdvertisementAds

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग भ्रष्टाचार मुद्दामा विशेष अदालतले ५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

बुधबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले धरौटी माग गर्ने आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कात्तिक २ गते म्यामोग्राफी मेसिन खरिदमा ठूलो अनियमितता भएको ठहर गर्दै स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. कौशल मिश्रसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

अख्तियारका अनुसार अभियुक्तहरूले झुट्टा बिल–बिजक, गलत प्रतिवेदन तथा मिलेमतोका आधारमा राज्यलाई करिब १४ करोड ६ लाख ८५ हजार रुपैयाँभन्दा बढी हानि पुर्‍याएका छन्।

मुद्दामा डा. मिश्रसँगै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवणकुमार थापा, वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्रप्रसाद चौरसिया, सेवा विभागका निर्देशक डा. विवेकुमार लाल, तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, विभागका कानुन अधिकृत सिता घिमिरे तथा जनस्वास्थ्य अधिकृत दीपक अधिकारी प्रतिवादी छन्।

AdvertisementAds

त्यसैगरी तत्कालीन शाखा अधिकृत यादवप्रसाद सापकोटा, लेखा अधिकृत शम्भु प्रसाद ढकाल, लेखापाल तिलकराम ढकाल, विभागका बायोमेडिकल इन्जिनियर आशिष चौहान, पध्मा मिश्र, जनस्वास्थ्य निरीक्षक संजयकुमार साह, म्याक्सिम इन्कर्पोरेसन ट्रेड्स प्रालि र सो कम्पनीका मुख्य कार्यकारी सुन्दर भुसालविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

डा. मिश्र स्वास्थ्य सचिवको आकांक्षी मानिँदै आएकी थिइन्। प्रदीप पौडेल स्वास्थ्य मन्त्री हुँदा उनलाई सचिव नबनाई डा. विकास देवकोटालाई नियुक्त गरिएको थियो। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्।

उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने तयारीसमेत भएको थियो। तर अख्तियारले भ्रष्टाचार मुद्दा अघि बढाएपछि उनलाई मन्त्री नबनाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स