पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेज ह्याक भएको छ।
उनको सचिवालय, बीआरबी सेक्रेटरियट, ले एक सूचना जारी गर्दै अनधिकृत समूहले पेज ह्याक गरी भ्रामक तथा अनावश्यक टिप्पणीहरू गरेको जानकारी दिएको छ। हाल, डा. भट्टराईको आईटी टोली पेजको सुरक्षा प्रणाली पुनःस्थापित गर्ने कार्यमा जुटिरहेको छ। सचिवालयले सार्वजनिक पोस्टमार्फत सबैलाई भ्रामक समाचारहरूमा विश्वास नगर्न आग्रह गरेको छ।
हालसम्म कुनै पनि समूहले ह्याकको जिम्मेवारी लिएको छैन। सचिवालयको सूचना प्रविधि टोली यसबारे अनुसन्धान गरिरहेको छ। ब्लू टिक भेरिफाइड उक्त पेजमा १५ लाख फलोअर रहेका छन्।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया