विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च विन्दुमा पुगेको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपाल राष्ट्र बैंकको विदेशी विनिमय सञ्चिति १७ अर्ब २७ करोड अमेरिकी डलर पुगेको छ, जुन नेपाली रुपैयाँमा झन्डै २४ खर्ब ९ अर्ब २५ करोड बराबर हो। यो सञ्चितिले १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, चालु आर्थिक वर्षको आठ महिनामा नेपालको आयात ११.२ प्रतिशतले बढेको छ भने निर्यात ५७.२ प्रतिशतले बढेको देखिन्छ। निर्यातमा उल्लेखनीय वृद्धि देखिए पनि देशको वैदेशिक व्यापार घाटा भने ६.२ प्रतिशतले बढेर ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ।
रेमिट्यान्स आप्रवाह पनि सशक्त देखिएको छ। चालु आवको पहिलो आठ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.४ प्रतिशतले बढी हो।














![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)





प्रतिकृया