नेपालको भ्रष्टाचार सूचकांक सुधारमा निराशाजनक अवस्था

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २४ गते
नेपालको भ्रष्टाचार सूचकांक सुधारमा निराशाजनक अवस्था

भ्रष्टाचार नियन्त्रणमा भएका प्रयासहरू प्रभावकारी हुन नसक्दा नेपालमा सुशासन चुनौतीपूर्ण बनेको छ। ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ का अवसरमा विज्ञहरूले सरकारको कमजोरी औंल्याएका छन्। ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार नेपाल सन् २०२३ को भ्रष्टाचार अनुभूति सूचकांकमा ३५ अंकसहित १०८औं स्थानमा छ, जसले भ्रष्टाचार व्यापक रहेको देखाउँछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको उजुरीहरूको एक तिहाई मात्र कसुर सावित भएको छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार हालसम्म बेरुजु रकम ११ खर्ब ८३ अर्ब नाघेको छ।

सुशासन सुधारका लागि कानुन कार्यान्वयन, पारदर्शिता, र जिम्मेवारी बोध आवश्यक रहेको विज्ञहरूको धारणा छ। ठोस रणनीति र प्रभावकारी कार्यान्वयनबिना सुशासनको लक्ष्य अझै टाढा रहेको उनीहरूले औंल्याएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स