विदेशी नागरिकको ‘डिजिटल ट्रयाकिङ’ प्रणाली सुरु

विदेशी नागरिकको ‘डिजिटल ट्रयाकिङ’ प्रणाली सुरु

अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको डिजिटल ट्रयाकिङ प्रणाली सुरु गरेको छ। बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले विभागले विकास गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ को औपचारिक उद्घाटन गरेका हुन्।

भृकुटीमण्डपस्थित पुलिस क्लबमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले उक्त प्रणालीको शुभारम्भ गर्दै भने, “आसन्न निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरोकारवाला सबैको यथोचित भूमिका आवश्यक छ। यस प्रणालीले विदेशी नागरिकको सुरक्षा, जानकारी व्यवस्थापन, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्‍याउनेछ।”

अध्यागमन विभाग अनुसार यस प्रणालीको पहिलो चरण असोज १ गतेदेखि होटल एसोसिएसनसँगको समन्वयमा काठमाडौँका तारे होटलहरूमा लागू गरिएको थियो। नयाँ प्रणाली अनुसार, विदेशी नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिँदा बुकिङ गरेको होटलमा जानुअघि आफ्नो विवरण प्रणालीमा इन्ट्री गर्नुपर्छ। विवरण इन्ट्री गरेपछि जेनेरेट हुने QR कोडको आधारमा सेवा प्रदायकहरूले रेकर्ड अनलाइन प्रणालीमा पठाउनुपर्नेछ। यदि विवरण पहिले नै इन्ट्री नभएको खण्डमा होटलहरूले यो काम गरेर रेकर्ड अनलाइनमा पठाउने व्यवस्था गरिएको छ।

हाल यो प्रणाली तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, र मनी एक्स्चेन्जमा लागू भइसकेको छ। विभागले यसलाई क्रमशः सबै होटल, गेस्ट हाउस, सार्वजनिक र निजी संस्थामा विस्तार गर्ने योजना बनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स