सिवाईसी नेपाल लघुवित्तको नाफा २०८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा कति ?

सिवाईसी नेपाल लघुवित्तको नाफा २०८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा कति ?
Advertisement Ads

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा २०८.४४ प्रतिशतले बढेर ११ करोड ७५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा वृद्धि र सञ्चालन मुनाफामा ठूलो सुधार आउनु नाफा बढ्ने मुख्य कारण हो।

चौथो त्रैमाससम्ममा सिवाईसी नेपाल लघुवित्तको खुद ब्याज आम्दानी ४१.३० प्रतिशतले बढेर ४५ करोड ४ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी २९.४८ प्रतिशतले बढेर ५१ करोड ९६ लाख रुपैयाँमा पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज २ करोड २२ लाख रुपैयाँबाट घटेर २ करोड २ लाख रुपैयाँमा सीमित भएको छ।

लघुवित्तको खराब कर्जा अनुपात ०.४१ प्रतिशतबिन्दुले घटेर ४.५४ प्रतिशतमा पुगेको छ। समीक्षा अवधिमा लघुवित्तले ५८६ करोड ६० लाख रुपैयाँ निक्षेप तथा सापटी संकलन गरी ६२५ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

लघुवित्तको चुक्ता पूँजी २६ करोड ६४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ९ करोड १० लाख रुपैयाँ र जगेडा कोषमा ४७ करोड २० लाख रुपैयाँ सञ्चित रहेको छ।

Advertisement Ads

लघुवित्तको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७९ पैसाले बढेर ४४ रुपैयाँ ९ पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ २७७ रुपैयाँ १७ पैसा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

CYCL 1 https://bajarkochirfar.com/cyc-nepal-microfinances-profit-increased-by-208-percent-what-is-the-distributable-profit | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स