क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर आईपीओ जारी गर्नको लागि नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई जारी पुँजीको ३० प्रतिशत आइपीओ निष्कासनका लागि माघ ३ गते अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण सेयरहरु प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरमा सर्वसाधारणमा निष्कासन गर्नेछ ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा आईपीओ निष्काशन गर्ने छ।आइपीओ बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल नियुक्त गरिएको छ। कम्पनीले सर्वसाधारणका लागि ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता जारी गर्नेछ भने बाँकी ७० प्रतिशत संस्थापक समूहको हुनेछ।











![इतिहासकै सबैभन्दा ठूलो IPO को कथा, के छ त्यस्तो Elon Musk को SPACE X मा ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-4-768x432.jpg)






प्रतिकृया