टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेत सहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १ गते
टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेत सहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री मोहनबहादुर बस्नेतविरुद्ध नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ जना व्यक्ति र केही कम्पनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।

बस्नेत हाल प्रतिनिधिसभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। उनीसँगै दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत अन्य अधिकारी र टेरामक्स कम्पनीसमेत प्रतिवादी छन्।

अख्तियारका अनुसार उनीहरूबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको आर्थिक हानि भएको दाबी गरिएको छ।

यद्यपि, टेरामक्स प्रकरणको अनुसन्धान सकिएको लामो समय बितिसक्दा पनि अख्तियारले यसबारे निर्णय गर्न सकेको थिएन।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स