नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। अधिवक्ता अनन्त लुइँटेलले आइतबार (वैशाख १४) सर्वोच्च अदालतमा थापाविरुद्ध मुद्दा दायर गरेका हुन्।
सर्वोच्च अदालत प्रशासनले दर्ता भएको रिट निवेदनमा मंगलबार (वैशाख १६) सुनुवाइको मिति तोकेको छ।
गगन थापाले लोकतन्त्र दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा अदालतले ‘डिल’ गरिरहेको आरोप लगाएका थिए। थापाले “अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका विषयहरूलाई दुई/तीन वर्षदेखि ‘तँलाई हान्दिऊँ’ भनेर झुलाएर राखेको छ। कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याइ भन्छ, कहिले भोलि हेर्ने भन्छ। त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न उठाउँछ।” भनेका थिए
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया