कांग्रेस-एमाले नजिकिएपछि निर्वाचन सार्ने षडयन्त्र हुँदैछ : केपी ओली

कांग्रेस-एमाले नजिकिएपछि निर्वाचन सार्ने षडयन्त्र हुँदैछ : केपी ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। मंगलबार सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले तत्काल निर्वाचनको वातावरण अझै नबनेको बताए। उनका अनुसार, एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचन सार्ने वा विभिन्न चरणमा विभाजन गरेर सञ्चालन गर्ने षड्यन्त्र गरिरहेका छन्।

ओलीले यस प्रक्रियामा सर्वोच्च अदालतका न्यायाधीशमाथि निरन्तर दबाब र धम्की दिइएको र संसद पुनःस्थापना हुन नदिन प्रयास भइरहेको आरोप लगाए। यसले लोकतान्त्रिक मूल्य–मान्यतामा गम्भीर प्रश्न उठाएको उनले बताए। उनले नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य थप चुनौतीपूर्ण बन्दै गएको र वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको दाबी पनि गरे। यस्तो परिस्थितिमा पार्टीले आन्दोलनलाई जुझारु र सशक्त ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै, प्रत्येक तहमा युवाहरूको सक्रिय परिचालन आवश्यक रहेको बताए।

 ओलीले टोल–टोलमा ‘नेसनल युथ भोलिन्टियर्स फोर्स’ गठन गरी निर्वाचन तयारी आन्दोलनकै मैदानबाट सुरु गर्नुपर्ने स्पष्ट धारणा व्यक्त गरे।अध्यक्ष ओलीले कतिपय व्यक्तिहरू नियतवश विनाशकारी भूमिकामा उत्रिएको, केही स्वार्थका लागि ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएको आरोप पनि लगाए। विकासको नाममा विदेशी एजेन्डा बोकेर राष्ट्रवादी शक्तिलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको र दाग लागेका तथा अक्षम व्यक्तिहरूलाई योजनाबद्ध रूपमा एकत्रित गरिएको उनले टिप्पणी गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स