SHAREHUBSHAREHUB

गगन–विश्वप्रकाशमाथि कारवाहीपछि कांग्रेस कार्यकर्ता असन्तुस्ट, भृकुटीमण्डपमा देउवाविरुद्ध “शेरे चोर, पार्टी छोड” नाराबाजी

AdvertisementAds
गगन–विश्वप्रकाशमाथि कारवाहीपछि कांग्रेस कार्यकर्ता असन्तुस्ट, भृकुटीमण्डपमा देउवाविरुद्ध “शेरे चोर, पार्टी छोड” नाराबाजी
AdvertisementAds

नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहित सहमहामन्त्री फर्मुलाह मन्सुरलाई कारवाही गरेपछि पार्टीभित्र आन्तरिक असन्तोष चर्किएको छ। दोस्रो विशेष महाधिवेशन स्थलमै सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी सुरु भएको हो।

कांग्रेसका नेता–कार्यकर्ताले “शेरे चोर पार्टी छोड” जस्ता नारा लगाउँदै केन्द्रीय नेतृत्वको निर्णयको विरोध जनाएका छन्।

बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले गगन थापा, विश्वप्रकाश शर्मा र फर्मुलाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो। उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको हो।

तर उक्त निर्णयप्रति अधिकांश कांग्रेस समर्थक, नेता तथा कार्यकर्ताहरू असन्तुष्ट देखिएका छन्। उनीहरूले पार्टी नेतृत्व, विशेषगरी सभापति देउवाविरुद्ध नाराबाजी गर्दै निर्णय फिर्ता लिन माग गरेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स