नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले भावी प्रधानमन्त्रीका रूपमा सिफारिस गरिएका गगन थापा नै आगामी निर्वाचन जितेर प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।
उनले कांग्रेस यस विषयमा बहस गर्न पनि तयार रहेको बताउँदै व्यवस्था मात्र होइन, देशको अवस्था परिवर्तन गर्ने लक्ष्यसहित चुनावी प्रतिबद्धतापत्र तयार गरिएको जानकारी दिए।
‘व्यवस्था होइन, अवस्था फेर्नुपर्छ भनेर लागेका छौँ। सभापतिको भिजन, गन्तव्य र दृष्टिकोणलाई समेटेर प्रतिबद्धतापत्र तयार गरेका छौँ र उहाँलाई भावी प्रधानमन्त्रीका रूपमा सिफारिस गरेका छौँ,’ यादवले भने।
मधेशको अवस्थालाई नजिकबाट बुझ्न र प्रतिनिधित्व गर्न थापालाई सर्लाही–४ बाट उम्मेदवार बनाइएको पनि उनले स्पष्ट पारे।
यसैबीच, नेपाली कांग्रेसले बुधबार जनकपुरमा आमसभा गर्दै चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। उक्त कार्यक्रममा एक लाखभन्दा बढी सहभागी हुने दाबी यादवले गरेका छन्।















![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)

प्रतिकृया