नेपाली कांग्रेसमा उत्पन्न विवाद समाधान गर्न संसथापनपक्ष, विशेष महाधिवेशनपक्षधर र डा. शेखर कोइरालाको समूहका नेताहरूबीच वार्ता सुरु भएको छ। छलफलमा संस्थापनपक्षबाट बालकृष्ण खाँड र रमेश लेखक, विशेष पक्षबाट गुरु घिमिरे, प्रदीप पौडेल, मधु आचार्य र देवराज चालिसे, तथा शेखर कोइराला समूहबाट मीनेन्द्र रिजाल र जीवन परियार सहभागी छन्।
मंगलबार बिहानको बैठकमा विशेष पक्षले महाधिवेशनको स्वामित्व पार्टीले लिनुपर्ने, आगामी निर्वाचनमा गठबन्धन नगर्ने र टिकटमा पूर्णबहादुर खड्काको हस्ताक्षर हुनु पर्ने जस्ता मागहरू राखेका थिए। तर, संस्थापनपक्ष कार्यसम्पादन समितिको दुईपटकको निर्णय उल्ट्याउने पक्षमा छैन। वार्ता जारी रहेको छ र पार्टीभित्र सहमति खोज्ने प्रयास चलिरहेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया