पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग: ‘आयोगले चोख्याउने काम नगरोस्’

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ४ गते
पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग: ‘आयोगले चोख्याउने काम नगरोस्’

नेपाली कांग्रेसले पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरणमाथि तत्काल निष्पक्ष छानबिन गर्न माग गरेको छ। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेसले यो माग उठाएको हो।

बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले पूर्वगृहमन्त्री गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरण अस्वाभाविक देखिएकाले छानबिन आवश्यक रहेको बताए। उनले भने, ‘पूर्वगृहमन्त्री सुदन गुरुङले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छानबिन हुनुपर्दछ।’

उपनेता शाहले गुरुङको सम्पत्ति छानबिन गर्न बनेको आयोगको निष्पक्षतामाथि समेत संशय व्यक्त गरे। अहिलेको समितिले पूर्वगृहमन्त्रीलाई बचाउन खोजेको आरोप लगाउँदै उनले संसद्‌मा भने, ‘संशयको घेरामा रहेका पूर्वगृहमन्त्रीलाई चोख्याउन र बचाउनका लागि आयोग नै लागिपरेको जनस्तरमा व्यापक आशंका र चर्चा छ।’

कुनै पनि शक्तिशाली व्यक्ति कानुनभन्दा माथि हुन नसक्ने भन्दै शाहले आयोग कसैको प्रभावमा पर्न नहुने उल्लेख गरे। ‘कुनै पनि शक्तिशाली पदमा बसेको व्यक्तिले कानुनभन्दा माथि रहने उन्मुक्ति पाउनु हुँदैन र आयोगले कसैको दबाब वा प्रभावमा परेर चोख्याउने काम नगरोस्,’ उनले थपे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स