नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरसम्बन्धी जाहेरी परेको छ। ५ करोड ४० लाख रुपैयाँ बराबरको चेक अनादरको आरोपमा उनीविरुद्ध प्रहरीमा मुद्दा दर्ताको प्रक्रिया अघि बढाइएको हो।
दाङ-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी जिल्ला प्रहरी कार्यालय दाङमा पुगेको हो। एसपी अर्जुन तिमल्सिनाका अनुसार हाल उक्त जाहेरी अध्ययनकै क्रममा रहेको छ र मुद्दा दर्ता भइनसकेको भए पनि अनुसन्धान प्रक्रिया सुरु भइसकेको छ।
प्रहरी स्रोतका अनुसार चौधरीमाथि बैंकिङ कसुर वा ठगीमध्ये कुन विषयमा मुद्दा चलाउने भन्नेबारे कानुनी परामर्श सुरु गरिएको छ। उजुरी कसले दिएको हो भन्ने विषयमा भने प्रहरीले हालसम्म कुनै विवरण सार्वजनिक गरेको छैन।
सांसद चौधरीसँग यसबारे प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन नसकेको बताइएको छ। जाहेरीमा धेरै कुरा स्पष्ट नभएकोले विस्तृत अध्ययनपछि मात्रै थप निर्णय गरिने प्रहरीको भनाइ छ।
















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)

प्रतिकृया