रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा भूमिका रहेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीका १५ सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।

बुधबार सार्वजनिक अनुसन्धान प्रतिवेदनले रास्वपाका सांसदहरू गणेश कार्की, सुलभ खरेल, हरि ढकाल, बब्लु गुप्ता, डा. तोषिमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, पुरुषोत्तम यादव, सुधन गुरुङ, आशिका तामाङ, शिव यादव र कृष्ण कार्कीमाथि अनुसन्धान सिफारिस गरेको छ।

आयोगले प्रतिवेदनको १० नम्बर बुँदामा आन्दोलनअघि, आन्दोलनका क्रममा तथा त्यसपछि उनीहरूले दिएका अभिव्यक्ति, सामाजिक सञ्जाल गतिविधि र राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको विवरणका आधारमा उनीहरूको भूमिकाबारे थप अनुसन्धान आवश्यक देखिएको जनाएको छ।

प्रतिवेदनमा उनीहरूको अभिव्यक्तिले प्रदर्शनकारीलाई उत्तेजित वा आक्रोशित बनाएको हो वा होइन, सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पुगेको छ वा छैन भन्ने विषयमा सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ।

‘यी व्यक्तिहरूले र प्रदर्शनपूर्व, प्रदर्शनका दौरान र प्रदर्शन पश्चात जेनजी प्रदर्शनका सम्बन्धमा अभिव्यक्ति दिएको, भन्ने समाजिक सञ्जाल, प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले निजहरू प्रदर्शनमा सहभागि हुन सक्ने भनि संकलन गरेको प्रतिवेदनसमेतका आधारमा उल्लेख हुन आएको देखिँदा भाद्र २३ र २४ गतेको घटनामा भएको मानवीय भौतिक क्षति समेतका कार्यमा निजहरूको संलग्नता रहे, नरहेको… अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न,’ प्रतिवेदनमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स