instainsta

निजामती सेवा विधेयक आज प्रतिनिधिसभामा छलफल र पारित हुँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १५ गते
निजामती सेवा विधेयक आज प्रतिनिधिसभामा छलफल र पारित हुँदै
File Photo
AdvertisementAds

आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ, जहाँ संघीय निजामती सेवा विधेयक, २०८० पारित गर्ने कार्यसूची रहेको छ। यसअघि असार ३ गते पारित गर्ने भनिएको विधेयक अन्तिम समयमा रोकिएको थियो।

आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफलको प्रस्ताव पेश गर्नेछन्। छलफलपछि विधेयक पारित भई राष्ट्रियसभामा पठाइनेछ।

त्यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १२:१५ बजे बस्दैछ, जहाँ विनियोजन विधेयक, २०८२ अन्तर्गत १४ वटा मन्त्रालयका शीर्षकमाथि समुहीकृत छलफल हुने कार्यसूची छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स