निर्वाचन आयोगले आउँदो कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ। आयोगले बिहीबार बसेको बैठकमा यस्तो निर्णय गरेको हो। आयोगका अनुसार, कात्तिक मसान्तसम्म आगामी २० फागुनसम्म १८ वर्ष पूरा हुने नागरिकलाई भोट हाल्न पाउने सुनिश्चित गर्दै नामावली संकलन र अद्यावधिक गरिनेछ।
जेन–जी विद्रोहपश्चात् सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले २१ फागुनका लागि निर्वाचन घोषणा गरेको थियो। निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोक्ने व्यवस्था भए पनि, बुधबार सरकारले अध्यादेशमार्फत उक्त व्यवस्थामा परिमार्जन गरेसँगै नयाँ निर्णयअनुसार मतदाता नामावली संकलन र अद्यावधिक अगाडि बढाइने भएको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया