सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो।
सभाले चुक्ता पूँजीको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र १.४२०२२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ। सभा प्रयोजनार्थ कम्पनीले फागुन २८ गते बुक क्लोज गरेको थियो। जस अनुसार, फागुन २७ गतेसम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन्।
त्यस्तै, सभाले बोनस सेयर दिएपछि चुक्ता पूँजी ५ अर्ब पुग्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषयपनि सभाले टुङ्ग्याएको छ।



















प्रतिकृया