insta insta

प्रशान्त किशोरको उदाहरण दिँदै एमाले नेता मिया भन्छन्, “काठमाडौंमा रास्वपाले एक सिट पनि जित्दैन”

प्रशान्त किशोरको उदाहरण दिँदै एमाले नेता मिया भन्छन्,  “काठमाडौंमा रास्वपाले एक सिट पनि जित्दैन”
Advertisement Ads

नेकपा एमालेका युवा नेता अब्दुस मियाले आगामी निर्वाचनमा काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सिट पनि नजित्ने दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा रास्वपाको हालत दिल्लीको आम आदमी पार्टी र बिहारको जन सुराजजस्तो हुने बताएका छन्।

उनले लेखेका छन्, “रास्वपाको हालत यसपटक दिल्लीमा आम आदमी पार्टी र बिहारमा प्रशान्त किशोरको जस्तो हुन्छ। मेरो आंकलन अनुसार रास्वपाले काठमाडौं उपत्यकामा एक सिट पनि जित्दैन।”

अब्दुस मियाले थपे, “हामीलाई देश निर्माणको भिजन बोकेका नेताहरू चाहिन्छ, युवाहरूलाई प्रहरीसँग मुठभेडमा पठाउने वा सार्वभौमसत्ता सम्पन्न देशमाथि आक्रमण गर्ने व्यक्तिहरू होइन।”

बिहारमा वैकल्पिक शक्तिको रूपमा हेरिएको जन सुराजले सन् २०२५ को विधानसभा निर्वाचनमा खराब प्रदर्शन गरेको थियो। सामाजिक सञ्जालमा चर्चित भए पनि नतिजा अत्यन्तै कमजोर आएको थियो। राजनीतिक रणनीतिकार प्रशान्त किशोरको पार्टीले राज्यभर एक सिट पनि जित्न सकेको थिएन।

620079846 1866576257316767 3532665709985897060 n https://bajarkochirfar.com/citing-the-example-of-prashant-kishor-uml-leader-mia-says-rsvp-will-not-win-a-single-seat-in-kathmandu | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स