चीनले सार्वजनिक गर्‍यो विश्वकै सबैभन्दा छिटो गुड्ने रेल



Advertisement
Ads

चीनले विश्वमा सबैभन्दा छिटो गुड्ने रेलको नमुना सार्वजनिक गरेको छ । डिसेम्बर २९ मा बेइजिङमा सार्वजनिक गरिएको सीआर-४५० नामक यस रेलले परीक्षणका क्रममा ४५० किलोमिटर प्रति घण्टाको गतिमा गुडेको थियो। यसले व्यावसायिक रूपमा ४०० किलोमिटर प्रति घण्टाको गति कायम गर्न सक्ने चीनको यातायात मन्त्रालयले जनाएको छ।

व्यावसायिक सेवामा आएपछि यो विश्वको सबैभन्दा छिटो गुड्ने रेल हुनेछ ।अहिलेसम्म तीव्र गतिमा गुड्ने रेकर्ड चीनकै सीआर-४०० मोडलसँग छ । यस अघि २०१७ मा सार्वजनिक भएको सीआर-४०० हालको सबैभन्दा तीव्र गतिको रेल हो, जसको गति ३५० किलोमिटर प्रति घण्टा छ।


Advertisement

सीआर-४५० मोडेललाई यसको उत्कृष्ट संचालन गति, ऊर्जा दक्षता, ध्वनि नियन्त्रण र ब्रेकिङ प्रदर्शनका लागि निर्माणकर्ताहरूले प्रशंसा गरेका छन्। यो रेल सीआरआरसी चाङचुन रेलवे भेहिकल्स र सीआरआरसी साइफाङ कम्पनीले बनाएका हुन्।

साथै, रेलले ३ हजारभन्दा बढी सिमुलेसन परीक्षण र २ हजारभन्दा बढी प्लेटफर्म परीक्षण पार गरिसकेको छ। व्यावसायिक संचालनका लागि आवश्यक मापदण्ड पूरा गर्न यसमा थप परीक्षण र परिष्करण कार्यहरू आवश्यक पर्ने र परीक्षणमा सफल भएमात्रै व्यावसायिक रूपमा सञ्चालनमा ल्याइनेछ ।

न्यूज एजेन्सीहरुको सहयोगमा

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर