चिलिमे जलविद्युत् कम्पनीले सेयरधनीको बैंक खातामा आर्थिक वर्ष २०८०/८१ को नाफाबाट वितरण गरिएको २ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको छ। कम्पनीले माघ ७ गतेबाट अद्यावधिक गरिएको डिम्याट खाता र बैंक खाताका सेयरधनीलाई नगद लाभांश पठाएको हो।
कम्पनीले बैंक खाता अद्यावधिक नगराएका सेयरधनीलाई खाता अद्यावधिक गरेपछि मात्र नगद लाभांश प्राप्त हुने जानकारी दिँदै तत्काल डिम्याट खाता अद्यावधिक गर्न आग्रह गरेको छ। यसअघि, पुस २८ गते सम्पन्न कम्पनीको साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो।















![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)



प्रतिकृया