छिमेक लघुवित्त वित्तीय संस्थाले आज (माघ १ गते) देखि आफ्ना सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्न सुरु गरेको छ। सोमबार (पुस २९ गते) सम्पन्न साधारण सभामा उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको थियो।
कम्पनीले पुस १५ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको हो। सेयरधनीहरूले आफ्नो खाता अद्यावधिक नगरेको खण्डमा कम्पनीले डिम्याट खाता र बैंक खाता अपडेट गर्न अनुरोध गरेको छ। अद्यावधिक गरेपछि मात्र लाभांश प्राप्त गर्न सकिनेछ।
साधारण सभामा आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिएको थियो। बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ।






![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)






![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया