हिजो पारित छिमेक लघुवित्तको नगद लाभांश आजैबाट पठाउन सुरू
छिमेक लघुवित्त वित्तीय संस्थाले आज (माघ १ गते) देखि आफ्ना सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्न सुरु गरेको छ। सोमबार (पुस २९ गते) सम्पन्न साधारण सभामा उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको थियो।
कम्पनीले पुस १५ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको हो। सेयरधनीहरूले आफ्नो खाता अद्यावधिक नगरेको खण्डमा कम्पनीले डिम्याट खाता र बैंक खाता अपडेट गर्न अनुरोध गरेको छ। अद्यावधिक गरेपछि मात्र लाभांश प्राप्त गर्न सकिनेछ।
साधारण सभामा आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिएको थियो। बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ।