छिमेक लघुवित्तले कर्मचारी माग्यो, आवेदन कहिलेसम्म दिन पाइन्छ ?

छिमेक लघुवित्तले कर्मचारी माग्यो, आवेदन कहिलेसम्म दिन पाइन्छ ?

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक इकाई प्रबन्धक (सहायक चौथो तह) पदमा २३ जनाका लागि दरखास्त खुलाएको छ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण र ग्रामीण क्षेत्रमा काम गर्न इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ भने महिलाका लागि उमेर सीमा ५ वर्ष थप हुने छ। दरखास्त फारम संस्था तोकिएको शाखा कार्यालय वा वेबसाइट www.chhimekbank.org बाट प्राप्त गर्न सकिनेछ।

आवेदन मिति २०८१ मंसिर १२ देखि २०८१ मंसिर २८ सम्म खुला रहनेछ। लिखित र अन्तर्वार्तामा सफल उम्मेदवारलाई ६ महिनाको तालिममा समावेश गराइनेछ। तालिम सफलतापूर्वक पूरा गरेपछि परीक्षणकालमा नियुक्ति दिइने र काम सन्तोषजनक भएमा स्थायी नियुक्ति गरिनेछ।

दरखास्त शुल्क रु. ३०० तोकिएको छ। थप जानकारीका लागि संस्थाको वेबसाइट हेर्न सकिन्छ।

Chhimek 4th Level Vacancy Notice 2081 8 12 https://bajarkochirfar.com/chhimek-laguvitt-financial-institution-limited-asked-for-employees-how-long-can-the-application-be-given | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स