चेरी अटोमोबाइल ग्रुपको न्यू इनर्जी ब्राण्ड ओमोडा/जेकोले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘जे–फाइभ’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइलले नाइमा मोबिलिटी एक्स्पोमा यसलाई सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो।
नाइमा एक्स्पो अवधिभर यसको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने एक्स्पोपछि ६० लाख ९९ हजार रुपैयाँ हुनेछ।
जे–फाइभमा ६०.९ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले एकपटकको चार्जमा ४६१ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। यसमा १५५ किलोवाट पीकपावर क्षमताको मोटर दिइएको छ।
यसको लम्बाइ ४३८० एमएम, चौडाइ १८६० एमएम, उचाइ १६५० एमएम, ह्वीलवेस २६२० एमएम र ग्राउन्ड क्लियरेन्स १८५ एमएम छ।
इन्टेरियरमा १३.२ इन्चको टचस्क्रिन, लेदर सिट, प्यानोरोमिक रूफ, सोनी साउन्ड सिस्टम लगायतका सुविधाहरू छन्। सुरक्षा पक्षमा एडास लेभल टु, एडाप्टिभ क्रूज कन्ट्रोल, र अटो इमेर्जेन्सी ब्रेकिङ जस्ता फिचर समावेश छन्।



















प्रतिकृया