अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डमा आफ्नो प्रतिनिधि परिवर्तन गरेको छ। मन्त्रालयले महेश बराललाई फिर्ता बोलाएर उनको स्थानमा अर्थ मन्त्रालयका सिनियर सहसचिव उत्तर खत्रीलाई बोर्डको सञ्चालक नियुक्त गरेको हो।
हालै अर्थमन्त्री रामेश्वर खनाल नियुक्त भएपछि बराललाई अर्थ मन्त्रालयको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख जिम्मेवारी दिइएको थियो। तर, बरालमाथि बिचौलियालाई सहयोग पुर्याउने गरी काम गरेको आरोप लाग्दै आएको थियो। यही कारणले उनको धितोपत्र बोर्डबाट पनि हटाइएको बुझिएको छ।
नेपाल धितोपत्र बोर्ड पूँजी बजारको नियामक संस्था हो र बोर्डमा अर्थ मन्त्रालयको प्रतिनिधि सञ्चालक समिति सदस्य हुनु कानुनी व्यवस्था अनुसार अनिवार्य छ। खत्रीलाई पठाए पनि उनले अहिलेसम्म बोर्डमा उपस्थिती जनाएका छैनन्।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया