SHAREHUBSHAREHUB

सभापति देउवा भन्छन्, निर्वाचन अगाडि महाधिवेशन गर्दा पार्टीमा असर पर्छ”

AdvertisementAds
सभापति देउवा भन्छन्, निर्वाचन अगाडि महाधिवेशन गर्दा पार्टीमा असर पर्छ”
AdvertisementAds

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न आमनिर्वाचनभन्दा अगाडि महाधिवेशन नगर्नु उपयुक्त हुने धारणा व्यक्त गरेका छन्। महाधिवेशन पहिला गरिए पार्टीभित्र हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गर्दै यसबारे पार्टीका नेताहरूलाई सुझाव दिएको बताए। यद्यपि, निर्वाचनअघि नै महाधिवेशन गर्ने निर्णय भए आफू बाधक नबन्ने उनले स्पष्ट पारे।

मंगलबार (पुस १५) महाराजगञ्जस्थित आफ्नै निवासमा पत्रकारहरूसँगको भेटघाटमा देउवाले आफू १५औँ महाधिवेशनको प्रतिस्पर्धी नभएकाले तटस्थ रहने बताए। विधानअनुसार १५औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्न नमिल्ने र अब त्यसप्रति व्यक्तिगत चाहना पनि नरहेकाले अन्य नेताहरूलाई अघि बढ्न प्रोत्साहन गर्ने उनले बताए।

उनले विशेष महाधिवेशनको सम्भावनालाई अस्वीकार गर्दै त्यसले थप विवाद निम्त्याउने उल्लेख गरे। नियमित महाधिवेशन भने आपसी सहमतिमै सम्पन्न गर्न सकिने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स