नेपालका लागि किङलङ गाडीको आधिकारिक विक्रेता सिजी मोटर्सले नयाँ १६ सिटे इलेक्ट्रिक मिनीबस सार्वजनिक गरेको छ। सोमबार काठमाडौंको महाराजगञ्जस्थित शोरुममा आयोजित कार्यक्रममा उक्त गाडीको औपचारिक अनावरण गरिएको हो।
कम्पनीले मिनीबसको मूल्य ७२ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ। लन्चिङ अफर अन्तर्गत ग्राहकहरूले २ लाख ५० हजार रुपैयाँसम्म नगद छुट पाउने व्यवस्था गरिएको छ।
सिजी मोटर्सका अनुसार नेपाली सडक र भूगोललाई ध्यानमा राखेर तयार पारिएको यस मिनीबसमा ७५.४ किलोवाट क्षमताको ब्लेड ब्याट्री जडान गरिएको छ, जसले सुरक्षा र टिकाउपन प्रदान गर्छ। एकपटक पूर्ण चार्ज गर्दा ४०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।
गाडीमा १२० किलोवाट क्षमताको मोटर र २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले गर्दा कच्ची तथा पहाडी सडकमा पनि सहज यात्रा सम्भव हुने बताइएको छ। साथै, आरामदायी फोल्डिङ सिट र पर्याप्त इन्टेरियर हाइटले यात्रुलाई थप सुविधा दिनेछ।
















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया