आईपीओ निष्काशनको तयारीमा रहेको सेन्चुरी इनर्जी लिमिटेडले लाभांश प्रस्तावसहित बोलायो साधारण सभा

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २५ गते
आईपीओ निष्काशनको तयारीमा रहेको सेन्चुरी इनर्जी लिमिटेडले लाभांश प्रस्तावसहित बोलायो साधारण सभा

आईपीओ निष्काशनको तयारीमा रहेको सेन्चुरी इनर्जी लिमिटेडले लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ । कम्पनीले सभा हुने स्थान र समय भने सूचनामा उल्लेख गरेको छैन । सभामा कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ८ दशमलव ५ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पेश गर्नेछ ।

साथै, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । कम्पनीले प्रतिकित्ता २७५.११ रुपैयाँमा ३ लाख कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

यसले प्रिमियममा आईपीओ बिक्रीका लागि स्वीकृति मागेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले ८ करोड २५ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटलले गर्नेछ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स